राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित)
काठमाडौं। राप्रपाको उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरीले पार्टी नेतृत्वको निर्णयबिरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई पार्टीको विधिबिधान बिपरित पदबाट हटाइएको भन्दै गिरीले आइतबार निर्वाचन आयोग पुगेर उजुरी दर्ता गरेका हुन्।
राप्रपा संविधान अनुसार निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय पार्टी भएको र आफुलाई पार्टीको विधिबिधान बिपरित अध्यक्षले उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट पदमुक्त गरेकाले आयोगमा उजुरी दर्ता गरेको गिरीले बताए।
उनले पार्टी अध्यक्षको निर्णयले आफुलाई अन्याय भएको र आफ्नो राजनीतिक जिवनमा समेत अप्ठेरो पर्न सक्ने देखिएकाले आयोग आउन बाध्य भएको उल्लेख गरे। गिरीले एकपक्षीय रुपमा विधान विपरित भएका कारवाहीको निर्णय फिर्ता हुनुपर्ने र पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्नेमा जोड दिए।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment