मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटपछि भण्डारीले उक्त कुरा बताएकी हुन्।
सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भनिन्, ‘आज सदस्यता नवीकरणको विषयमा कुरा भएन। त्यो त पुरानै कुरा भयो, पार्टी सदस्यता नवीकरण भइसक्यो।‘
उनले आजको ओलीसँगको छलफल सौहार्दपूर्ण भएको र सदस्यता नवीकरणको विषयमा कुरा नभएको समेत बताएकी छन्।
भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ। हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो।
शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए।







डिसी नेपाल








Facebook Comment