आशा विश्वकर्मा अभिनित अभागी करिमा गीत बजारमा

डिसी नेपाल
४ साउन २०८२ २०:१०
184
Shares

काठमाडौं । चर्चित मोडल आशा विश्वकर्मा अभिनित अभागी करिमा बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ।

डम्बर चन्द ‘बगर’को शब्द रहेको गीतमा टिका पुनको स्वर सुन्न सकिन्छ। गीतमा शक्ति चन्दले संगीत भरेका छन्।

शंकर भिडियो क्रेडिटको व्यानरमा निर्माण भएको गीतमा समिप निरौला र विश्वकर्माको अभिनय देख्न सकिन्छ।

सुरज कोइरालाले सम्पादन म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन्। म्युजिक भिडियो आशा विश्वकर्माको आधिकारिक युट्युव च्यानलबाट सार्वनिक गरिएको हो।

यसअघि पनि विश्वकर्माले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। केही समयअघि चर्चित गायक खेम सेन्चुरी र समीक्षा अधिकारीको आवाजमा भरिएको तिम्रो मिठो बोली छ गीतमा पुष्प खड्कासँग उनले अभिनय गरेकी थिइन्।



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *