‘शेखर पार्टी फुटाउने होइन, प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्छ’

डिसी नेपाल
४ साउन २०८२ २१:०३
668
Shares

काठमाडौं । नेपाल तरुण दलका नेता पशुपति पोखरेलले डा. शेखर कोइराला पार्टी फुटाउने पक्षमा नभइ संसदीय दलको नेता परिवर्तन गरी प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन्।

विपि कोइरालाले जन्माएको पार्टी फुटाउने पक्षमा नरहे पनि शेखर प्रधानमन्त्री बन्ने प्रयासका लागि भने निरन्तर छलफलमा रहेको बताएका हुन्।

शेखरले आज दिउँसो आफ्ना समूहका केही साँसदलाई बोलाएर राजधानीको एक होटेलमा गोप्य छलफल गरेको बताइएको छ।

बैठकमा शेखर पक्षीय करिव १५ नेता सहभागी रहेको बताइएको छ। उनीहरूले शेखरलाई देशको गतिरोध अन्त्य गर्न सक्दो सह‌योग गर्ने प्रतिवद्ध‌ता जनाएका स्रोतले बताएको छ।

बैठकमा उपस्थित सांसदहरू योगेश गौचन थकाली, कान्छाराम तामाङ, डा. सुनिल शर्मा, राजेन्द्र बजगाई, दिपक गिरि, धनराज गुरुङ, जीवन परियारलगायत रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *