अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

डिसी नेपाल
५ साउन २०८२ १३:५५
92
Shares

एजेन्सी। बलिउडका सुपरस्टार कलाकारहरुले आफ्ना प्रशंसकहरुलाई विशेष र अलग्गै समय व्यवस्थापन गर्ने गर्छन्।

सोही सिलसिलामा अमिताभ बच्चनले परम्परालाई जीवित राख्दै मुम्बईको आफ्नो निवास बाहिर भेला भएका सयौं प्रशंसकहरूप्रति अभिवादन गरेका छन्।

उनले आइतबार आफ्नो मुम्बई निवास, जलसा बाहिर प्रशंसकहरूलाई अभिवादन गर्ने आफ्नो लामो समयदेखिको परम्परालाई निरन्तरता दिएका हुन्। भेला भएका सयौं प्रशंसकहरूलाई स्वागत गर्न बाहिर निस्किएर कृतज्ञतामा हात हल्लाएर अभिभावदन गरेका थिए।

प्रत्येक आइतबार, देशभरका र विदेशबाट पनि प्रशंसकहरू सुपरस्टारको एक झलक हेर्नको लागि उनको निवास बाहिर भेला हुने गरेका छन्।

आफ्नो सिग्नेचर स्टाइलमा सजिएका उनले हात जोडेर, हल्लाउँदै र न्यानो मुस्कानका साथ प्रशंसकहरूलाई स्वागत गर्दा ऊर्जावान र हर्षित देखिन्थे। धेरै प्रशंसकहरूले अभिनेताको जयजयकार गर्दै पोस्टर, फूल र ब्यानर बोकेका थिए।

आफ्नो व्यस्त तालिका र चलिरहेका परियोजनाहरूको बावजुद, अमिताभ बच्चनले आफ्ना प्रशंसकहरूसँग भेट्ने यस्तो अवसरलाई छुटाउने गरेका छैनन्।

उक्त क्षणलाई धेरै क्यामेराहरूले कैद गरेका थिए। बढ्दो उमेरका बाबजुत पनि उनी पछिल्लो समय फिल्ममा देखिदै आएका छन्। (एनएनबी, एएनआइ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.