पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छः देउवा

डिसी नेपाल
५ साउन २०८२ १८:२९
56
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसंग बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्।

कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिष्पर्धी पार्टी भन्दा राम्रो सिद्धान्त कांग्रेसको रहेकाले यसबारे जनतालाई बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका हुन्। सबैभन्दा पुरानो पार्टी कांग्रेसको प्रजातान्त्रिक समाजवाद अन्य दलको भन्दा फरक रहेको उनको भनाइ छ।

सभापति देउवाले सबै नागरिकहरुलाई समावेश गर्ने गरि समावेशी सिद्धान्तका आधारमा बनेको संविधान र निर्वाचन प्रक्रिया रहेकाले सवैको समर्थन प्राप्त गर्न सक्ने अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पुरानो सबै थोत्रो र मूल्यहिन भन्ने समाजमा रहेको जबरजस्त नकारात्मक भाष्यबाट कांग्रेस निस्कनुपर्ने बताए। आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको उनले बताए।

थापाले पुराना कुरालाई जोगाउदै नयाँ ज्ञानको खोजि गर्नका लागि पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरेको उल्लेख गरे। कार्यक्रममा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *