मदन पुरस्कार २०८१ का लागि उत्कृष्ट सात पुस्तक सार्वजनिक
काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन्।
मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको हो।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार, छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तक समेटिएका छन्। यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।
छनोटमा परेका पुस्तक
उरमाल – छुदेन काविमो
छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
दर्ज्यु संलाप – कुमारी लामा
पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
बहुरुपी – श्रेयज सुवेदी
भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
हिउँको गीत – तीर्थ गुरुङ

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment