बिपीले राजनीति र परिवारलाई उत्तिकै महत्त्व दिनुहुन्थ्यो : डा. शशांक कोइराला

डिसी नेपाल
६ साउन २०८२ १४:२१
32
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बिपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा बिपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि बिपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे।

उनले भने,‘बिपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो। उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्वपूर्ण थियो। उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरुको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो।’

त्यस्तै उनले राजनीति एउटा अन्यौलता रहेको भन्दै अन्यौलतामा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने धारणा राखे।

उनले भने, ‘मलाई धेरैले सोध्नुहुन्थ्यो–तँ डाक्टर मान्छे राजनीतिमा रुची होला त भनेर। राजनीति भनेको अन्यौलता रहेछ। सोचेको हुन्छ एउटा गइदिन्छ अर्को बाटोतिर। जसले त्यसमा रमाउन सक्छ, उसले नै राजनीति गर्ने हो रहेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *