भावनाको सोच सोचमा शिल्पा बोल्ड अवतारमा

डिसी नेपाल
६ साउन २०८२ १७:४९
92
Shares

काठमाडौं । गायक रामचन्द्र काफ्ले र गायिका भावना आचार्यको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।

गायिका आचार्य स्वयमको शब्द तथा संगीत सृजना रहेको सार्वनिजक गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ। हिन्दु नारीहरुको महान पर्व तिज नजिकिँदै गर्दा सार्वजनिक गरिउको गीतको भिडियोमा गायिका भावनाले समयमा नै विबाह गर्न भन्दै रमाइलो शैलीमा महिला दिदीबहिनीलाई आग्रह गरेकी छन्।

भिडियोमा नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडी खुबै सुहाएको छ। लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन्। भिडियोमा शिल्पा र नबिनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ।

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन बिनोद विष्टले गरेका हुन्। गायकनसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आँफै पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन्।

भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *