प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौता’ को प्रस्ताव सर्वसम्मतिले पारित

डिसी नेपाल
७ साउन २०८२ १७:२१
44
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट ‘विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।

यस्तै, उनले विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२७ बमोजिम संशोधनको व्यवस्था नरहेको पनि जानकारी दिएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिनको १ बजे बस्ने गरि स्थगित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *