पार्टीका केहि नेताहरुले सिंगौरी खेल्न खोजेका छन्ः प्रचण्ड

डिसी नेपाल
७ साउन २०८२ १७:४६
64
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएको बताएका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफुले सधै फरक मत र विचारलाई सम्मान गर्ने गरेको भन्दै भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएकाले पार्टीभित्र आफ्नो आलोचना हुने गरेको समेत बताए।

प्रचण्डले ३६ वर्ष कम्युनिष्ट आन्दोलन र माओवादीको नेतृत्व गर्दा आफुले किरण, बाबुराम, बादल लगाएत कुनै नेताहरुमाथि कारबाही नगरेको उल्लेख गरे। अहिले पनि पार्टीका केहि नेताहरुले सिंगौरी खेल्न खोजेको भन्दै प्रयाप्त सिंगौरी खेल्ने मौका दिएको उनले बताए।

प्रचण्डले सिंगौरी खेल्न खोज्ने नेताहरुलाई डेड महिना परामर्श भन्दै देशभर संगै लिएर हिडेको जिकिर गरे। त्यस्तै उनले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै आफुले कम्युनिष्टहरूको एकताको झण्डा बोकेको तर्क गरे।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएकाले त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिए।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे। त्यस्तै उनले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान समेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.