तीन संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
८ साउन २०८२ ७:२५
24
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतका तीनवटा समितिका बैठक बस्दै छन्।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल हुने छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *