प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

डिसी नेपाल
९ साउन २०८२ १३:०४
44
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन्।

सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने धारणा व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले विदेशी अध्ययनप्रति आकर्षण कम गर्न र नेपाली विद्यार्थीलाई देशमै अवसर दिन पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिए।

‘हाम्रो देशका संरचनाहरू सुधार गर्दै अघि बढेमा कम लागतमा उत्कृष्ट शिक्षा दिन सकिन्छ। यसले विदेश जाने प्रवृत्ति घटाउने मात्र होइन, विदेशी विद्यार्थीसमेत भित्र्याएर पर्यटन र अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ,’ उनले भने।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाले आफ्नै स्रोतमा अस्पताल निर्माण सुरु गरिएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा १२ करोड चार लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो, जुन २०८३ सालको पुस महिनासम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ। अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ४३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

उपकुलपति थपलियाले पहिलो चरणको काम पूरा भएपछि थप संरचनाहरू विस्तार गर्दै शिक्षण अस्पतालको स्तर उन्नति गरिने उल्लेख गरेका छन्। उनले यो अस्पताल निर्माणले पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.