मधेसमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिन्छः प्रधानमन्त्री ओली

डिसी नेपाल
९ साउन २०८२ १७:१५
76
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने बताएका छन्।

शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाईको समस्या कम गर्न पहिलो चरणमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै अव दिर्घकालीन र तत्कालीन उपाय अवलम्वन गरेर पानीको आवश्यकता पूरा गरिने जानकारी दिए।

उहाले हवाई उडानमार्फत महोत्तरी आउदा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै मधेस प्रदेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको समस्या छिटो समाधान गर्ने जिकिर गरे।

प्रधानमन्त्री ओलीले पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित मधेशका जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने धारणा राखे।

त्यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका थिए। मन्त्रिपरिषद् को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *