सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली

डिसी नेपाल
९ साउन २०८२ १९:१४
76
Shares

महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन्।

आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको यात्रा सफल हुने भएकाले त्यसमा सरिक हुन सबैसँग अनुरोध गरे।

नवनिर्मित प्रसूतिगृहले यस भेगका महिलालाई दिने सेवाले सुत्केरी अवस्थाको जोखिम न्यूनीकरणमा योगदान दिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। उनले प्रसूतिगृहको उद्घाटन भएसँगै यस भेगका गर्भवतीलाई राहत मिल्ने र उपचारका अभावमा यसअघि व्यप्त मातृशिशु समस्या समाधान हुने धारणा व्यक्त गरे।

नवनिर्मित प्रसूतिगृहमा सुत्केरी कक्ष, शल्यक्रिया कक्ष, एनआइसी कक्ष, ओपिडी कक्ष, नर्सिङ कक्ष, फार्मेसी, प्रतिक्षालय र सोधपुछ कक्षसहितका कोठा छन्। बिजुली, खानेपानी र शौचालय सुविधासहितको सो प्रसूति गृह संघीय सरकार र मटिहानी नगरपालिकाको संयुक्त लगानीमा रु एक करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।

प्रसूतिगृह उद्घाटन समारोहमा लोसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह तथा मधेश प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *