गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

डिसी नेपाल
१० साउन २०८२ १५:४९
784
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले आज शोक विज्ञप्ती जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवम् नेपाल सरकार गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताएका छन्।

स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ।

सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवम् निष्ठावान् व्यक्तित्व गुरुङको आज बिहान ८:४५ बजे ७६ बर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ। गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११:१५ बजे उनको निवास भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टी गरिने कांग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *