विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

डिसी नेपाल
१० साउन २०८२ १६:४६
84
Shares

काठमाडौं । विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (विप्लव) निकट संगठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो।

उनीहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा स्वागत गरे।

नेकपा (विप्लव) को सम्पर्क समिति सहित अन्य राजनीतिक दल परित्याग गरेर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकताहरुमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *