‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

डिसी नेपाल
१० साउन २०८२ २०:०६
32
Shares

दमौली। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन्।

तनहुँ उद्योग वाणिज्य संघले शनिबार दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने बताइन्। मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गरिन्।

उनले उद्योग व्यवसायमार्फत देश विकासमा लागिरहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन्।

‘समाज परिवर्तनका लागि लागिरहेका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु। निजी क्षेत्र विकासको मुख्य संवाहक भएकाले यहाँहरूका समस्या समाधानमा सरकार प्रतिबद्ध छ र मेरो तर्फबाट आवश्यक सहजीकरण गर्न म सधैँ तयार छु’, मन्त्री न्यौपानेले भनिन्।

कार्यक्रममा संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा आफूहरू मर्कामा परेको बताए। संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बनाए मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै यसमा ध्यान दिन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *