पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
११ साउन २०८२ ६:५९
28
Shares

काठमाडौं। आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन्।

आइतबार अर्थ समितिको बैठक बिहान ११ बज सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्दै छ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२-०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव रसिफारिस बजेटमा समावेश भए÷नभएको अवस्था आयोगको आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका विषयमा छलफल गर्ने कार्यसूची छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकपनि ठक बिहान ११ बज सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्दै छ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरिने छ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्दै छ। बैठकमा महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदनउपर छलफल गर्ने कार्यक्रम छ।
त्यस्तै , राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बिहान ११ बजे बस्दै छ।

बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.