जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता छ: सभापति सिंह

डिसी नेपाल
११ साउन २०८२ ९:५१
40
Shares

हेटौंडा। राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा), मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधि सभा क्षेत्र नं. २ ‘क’अन्तर्गतको क्षेत्रीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। पुर्वाधार विकास समिति सभापति एवं प्रतिनिधि सभा सांसद माननीय दीपकबहादुर सिंहको प्रमुखआतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सिंहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणालीआवश्यक रहेको धारणा व्यक्त गरे।

उनले वर्तमान शासन प्रणालीले जनताको प्रत्यक्ष भावना र इच्छालाई सम्बोधन गर्न नसकेको भन्दै अबको राजनीतिक मार्गदर्शन प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख प्रणालीबाट मात्र सम्भव हुने उल्लेख गरे। अधिवेशनमा विभिन्न तहका नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। प्रतिनिधि सभा क्षेत्र नं. २ बाटअध्यक्षमा रामथोकर निर्वाचित हुनुभएको छ भने प्रदेश सभा क्षेत्र नं. २ (क) का अध्यक्ष मानविन रायमाझी चयन  भएका छन्।

यसैगरी, थाहानगर महिला संगठनको अध्यक्षमा वसुन्धरा पुडासैनी सर्वसम्मत चयन  भए। कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, विभिन्न तहका जनप्रतिनिधि, र बुद्धिजीवीहरूको बाक्लो उपस्थिति थियो। नेताहरूले अधिवेशनलाई संगठन सुदृढीकरण तथाभावी राजनीतिक मार्गचित्र निर्माणको अवसरको रूपमा लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.