सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त
काठमाडाैं। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन्।
न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डा अशोककुमार क्षेत्रीले जानकारी दिए। मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिएका थिए।
बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह-रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment