गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

डिसी नेपाल
१२ साउन २०८२ १५:५५
276
Shares

रसुवा। गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार यसरी डुबेर मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। हिजो आइतबार पवित्र कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव आज निकालिएको छ।

नेपाली सेनाको श्रीनाथगण, जिल्लास्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीसहित स्थानीय होटल व्यवसायी समेतको सहयोगमा शव निकालिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए। प्रतिकूल मौसमका कारण आज काठमाडौंबाट हेलिकोप्टर उड्न नसक्दा शवपरीक्षणका लागि राजधानी लैजान समस्या परेको प्रहरीले जनाएको छ। मौसम सफा रहेमा भोलि मंगलबार बिहान काठमाडौंतर्फ शव लैजान आवश्यक व्यवस्था गरिएको सिम्रिक एयरले जनाएको छ।

समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको भनाइ छ। एक जना लडेपछि अर्को साथीले समात्न खोज्दा दुवैको ज्यान गएको समेत आकँलन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *