संसदीय समितिद्वारा टियु क्रिकेट मैदानको अनुमगन
काठमाडौं। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको अनुमगन गरेको छ।
सोमबार समितिका सदस्यहरुले स्थलगत रुपमा निर्माणाधीन टियु क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेको हो। सो क्रममा टियु क्रिकेट मैदानको स्तरोन्नतीको काम सन्तोषजनक देखिएको समिति सभापति ठाकुर गैरेले बताए।
साउन महिनाभरीमा निर्धारित गरिएका कामहरु सकिने गरि काम अघि बढेको पाइएको उनको भनाइ छ। समिति सभापति गैरेले टियु क्रिकेट मैदानको स्तरोन्नतीका क्रममा देखिएका समस्याका बारेमा समितिमा छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिए।
उनले टियु क्रिकेट मैदानको बाँकी काम सहज रुपमा सम्पन्न गर्न समितिले समेत आवश्यक सहजीकरण गर्ने धारणा राखे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment