बाग्मती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

डिसी नेपाल
१३ साउन २०८२ ७:४५
152
Shares

हेटाैंडा। नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैछ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामामाथि आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो। प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ।

अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राति अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो।

बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *