कविता : रगत पसिना

शंकरप्रसाद रिजाल
१७ साउन २०८२ ७:०६
196
Shares

शरीरका रगत पसिना आँसु झैं झर्दछ
बेदना मनका सारा फुटी फुटी आउँछ
एकलो संसारमा मन भित्र अनेक छ
नपुगेका सबैकुरा भित्र मनमा दबेको छ।

इच्छा मनमा थियो ठूलो आफै ठूलो बनने
माथि माथि पहाडमा वृक्ष झैं ठिंग उभिने
परिश्रम गरी हिँड्छु रात र दिनभरी
रगत पसिना बगाउँछु सबै बिर्सिनेगरी।

घर छैन टहरा छ त्योपनि भिरमा अडेको
खेतीको भरोसा छैन त्यो सुखा बिउ छरेको
निमुखा गरीब हामी कसले यो सुनी दिन्छ र
शरीरबाट आएको रगत पसिना कसले पुछी दिन्छ र।

जन्मेको यस धर्तीमा खाउँला पाउँला भनिकन
गर्ने कर्मको धोको इमान्दार र धर्म गरिकन
पुगेन केही त्यो इच्छा नैतिकवान बनिकन
छलकपट कुनै छैन यो मनको भूमिमा।

इच्छा अधुरो रहन गयो अब यो जीवनमा
कसरी जवाफ दिने हो अब त्यो परलोकमा
लोभ मोह कुनै छैन परिश्रम गरी बस्तछु
सारा परिश्रमको रगत पसिना बगाउँछु।

गरीब भन्छौ मलाइ कर्मको म झैं धनी
मिल्दैन म जस्तो संसार भरी कतैपनि
रगत पसिना बगाउँछु कर्मै कर्म गरिकन
यसैगरी रगत पसिना बगाउँ सबै मिलिकन।

तिमीलाई के दिउँ

तिमीलाई दिउँ म के यो दिलको शिवाय
प्रेमी बनी आउँ कि म दिलभित्र तवायीको
सारा मेरो आयु तिमीमा सधैं जोडीयोस्
मन भित्रका तरंग तिमीमा मोडीयोस्।

मनभित्रका इच्छाहरु सबै पूरा होओस्
सारा प्रेम गीतहरु तिमीभित्र गुन्जियोस्
आशा उमंगका तरंग मनमा फैलियोस्
संसारमा तिम्रो नाम सधैं चम्कियोस्।

बहार मनमा आइ सारा फूल फुलिरहुन्
तिम्रो मुहारको खुस्बु सधैं सधैं झरिरहुन्
पूर्ण चन्द्रमा उज्यालो अनुहार झुल्किरहोस्
आकासका साना साना ताराहरु चम्किरहोस्।

कल्पना कस्तो मेरो रुप तिम्रो सधैं आउने
बनावटी कुनै छैन कल्पनामा नै रमाउने
यौवनै हो जीवनको सधैं झल्को आइरने
प्रेमको आशा मनमा आशातित भइरने।

सेतो सारीमा तिम्रो शरीर रुपको बनौट
कालो कपाल गुलाब गुच्छा कस्तो छनौट
कमी छैन केही चिजको कमी छ बिछोडको
आकासमा घुमी हिँड्छु तिम्रो भेट मिलनको।

आउ हरेक मासिकमा पूर्णचन्द्रमा बनिकन
कुरेकोछु यहाँ सधैं उहिलेदेखि बसिकन
प्रेमको संसारमा म तिमीलाई के दिउँ
एउटा सुन्दर कमलको फूल लिइ आउँ।

कि आफैंलाई तिम्रो काखमा सधैं बसाउँ
निद्राका दुवै आँखा खुल्नेछन् अब रातमा
भोलि दिनमा फेरि बिश्राम लिनेछु मनमहा
भोलि दिनमा फेरि बिश्राम लिनेछु मनमहा।।

संगम

संगम मिलनको बिन्दु सागर समान छ
मुनि आकास देखिने छायाँ बिशाल छ
बिछोड एकलै बग्ने नदी त्यो मलिन छ
कलकल सुस्ताउँदै दूर सागरमा मिल्नुछ।

सारा नदीनाला घुमी यसरी नै बग्दछ
अन्त्यमा ती सबै नदी सागरमा मिल्दछ
देवदेवी यहीँ बस्छन् जल अमृतको पिइ
घडा कसको भरिन्न जल सागरको लिइ।

नदी नाला मिली सिन्धु बनी हाल्दछ
भागीरथी र गंगाजी देखा परि हाल्दछ
कहाँको हिमको डल्लो फुटी आउँछ
पहाडका कन्दरामा झरना बनी झर्दछ।

तल नदी तलाउ देख्दा उ छक्क पर्दछ
हामफाली नदीमा फेरि बिस्तारै बग्दछ
बेग छैन पानीको माछा पौडी खेल्दछन्
नदीका रंगी बिरंगी माछा मनमनै नाच्द्छन्।

नदीका दुई किनारा पानी छोइ हास्दछन्
दिन भरिको घामको तापले पसिना चुहाउँछन्
डुंगा किनारालाई बस्छन् यात्रु सत्कार गरी
ठूला पत्थरका ढुंगा पछाडि धकेलीकन।

नदीका संगम हेर ती कति गतिशिल छन्
सबै नदी मिली अन्त्यमा भागीरथी बन्दछिन्
भागीरथीमा स्नान गर्दा मन पवित्र हुन्छ रे
संगममा मिलन हुँदा स्वर्ग मै पुगिन्छ रे।

संगम मिलनको सिन्धु सबैकुरा मिल्छ रे
सबै मिल्दा मानवहरु आनन्दमा झुल्छन रे
रे रे का कुरा गर्दा के के नै हुने होर
सिन्धुमै डुब्दामा नै सत्य साबित हुन्छ हो।

मार्ग संगमको हेर चारै दिशा प्रसस्त छ
बाटो बिराइ ल्याएकी भन्ने मनमा घनघोर छ
यस्तै हुन्छ संगममा बाटो सबै एक छ
सबैवाट एकै चोटीपनि हिँड्न गाह्रो छ।

संगम मिलनको बिन्दु सबै आफ्नो वरिपरी
चुन्दा एकनै मिल्छ मन रुन्छ धरधरी
हुँदै नहुने भन्दा एक चुन्नु जरुरी छ
नहुने आमा भन्दा कानो मामा निको छ
नहुने आमा भन्दा कानो मामा निको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.