सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा

डिसी नेपाल
१३ साउन २०८२ १८:०४
76
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोशित भए।

उनले भने,‘व्यापार गर्ने व्यापारीले हो। उद्योग चलाउने उद्योगपतिले हो। समस्या केही छ भने भन्नुहोस् न मलाई आएर। के गर्नुपर्ने हो सरकारले गर्न तयार छ । तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि। आफूले पनि गर्नुपर्यो नि। आफूचाही केही नगर्ने अनि हामीलाई दोष दिने? व्यापार सरकारले गर्दैन्। उद्योग सरकारले खोल्दिदैन्। उद्योग खोल्नुहोस् व्यापार गर्नु आफूले गर्न नसकेको दोष त सरकारलाई दिनुभएन नि।’

त्यस्तै उनले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको स्मरण गरे। उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *