लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आरको पहिलो क्याबिनेट बैठक आउँदो शनिबार

डिसी नेपाल
१५ साउन २०८२ ८:५४
20
Shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आर अन्तर्गतको पहिलो क्याबिनेट बैठक आउँदो शनिबार १७ गते अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौंमा आयोजना हुँदैछ । उक्त कार्यक्रम जिल्ला गभर्नर पीएमजेएफ लायन नवराज सापकोटाको अध्यक्षतामा सञ्चालन हुनेछ ।

बैठक क्लस्टर १ को आयोजनामा हुँदैछ, जसको नेतृत्व क्लस्टर प्रमुख लायन रमेशकुमार पुडासैनीले गरिरहेका छन् । कार्यक्रम संयोजनको सम्पूर्ण जिम्मेवारी संयोजक लायन जगन्नाथ पुडासैनीले सम्हालिरहेका छन् ।

काठमाडौंको यो कार्यक्रममा हजारभन्दा बढी लायन सदस्यहरू सहभागी हुँदैछन् । कार्यक्रम संयोजक लायन जगन्नाथ पुडासैनीले भने, ‘हामी क्याबिनेट बैठकलाई ऐतिहासिक बनाउन अन्तिम तयारीमा जुटिरहेका छौं । सहभागिता जनाउने सम्पूर्ण साथीहरूलाई स्वागत गर्न हामी पूर्ण रूपमा तयार छौं ।’

त्यस्तै, क्लस्टर प्रमुख लायन रमेशकुमार पुडासैनीले पनि यस बैठकलाई विशेष बनाउन क्लस्टरले गरेको प्रयासप्रति विश्वास व्यक्त गर्दै भने, ‘काठमाडौं क्लस्टरले लायनहरूको स्वागत गर्न उत्साहपूर्वक तयारी गरिरहेको छ। यो बैठकले सेवा, सहकार्य र प्रेरणाको गहिरो प्रभाव पार्नेछ भन्ने विश्वास लिएको छु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *