झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्।
उनको नेतृत्वमा शनिबार भेलासमेत गरी अभियान चलाउने निर्णय गरिएको थियो। सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो। नेता खनालले अब अहिलेको अवस्था विश्लेषण गर्दा अब समाजवादको बाटोमा जानुको विकल्प नरहेको भन्दै आफुहरुले यो अभियानको शुरुवात गरेको उल्लेख गरे।
उनले नेकपामा देखिएको दक्षिणपन्थी भड्काउका कारण पराजय भोग्नुपरेको फागुन २१ को निर्वाचनपछि सबै दल सानो भएको र खुम्चिएको बताए।
अभियानमा नेता हरिबोल गजुरेल पनि जोडिएका छन्। उनले अहिलेको सरकारले जनताका समस्या समाधान गर्न नसक्ने भन्दै रास्वपाको अहिलेको जनमतलाई खहरे भेलको संज्ञा दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment