रवि लामिछानेको पक्षमा बुथमै गएर हस्ताक्षर गर्ने ३० लाखभन्दा बढी, घरमै गरिएको हस्ताक्षर गणना गर्न बाँकी

डिसी नेपाल
१५ साउन २०८२ १०:३२
404
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको दाबी गर्दै यसको विरोधमा सुरु गरेको हस्ताक्षर अभियानमा ठूलो संख्यामा मानिसहरूले लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन् ।

रास्वपाले ७ असारमा पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलाबाट हस्ताक्षर अभियान सुरु गरेको थियो । अभियान सुरु भएको १ महिना थप एक हप्ता पुग्दै गर्दा पार्टीले देशका विभिन्न स्थानमा स्थापना गरेका हस्ताक्षर संकलन बुथमै गएर रविको पक्षमा ऐक्यबद्धता जनाउनेहरू मात्रै ३० लाखभन्दा बढी भइसकेका छन् । यसबाहेक पार्टीले घरघरमै गएर पनि हस्ताक्षर संकलन गरिरहेको छ । घरबाटै ऐक्यबद्धता जनाउनेहरूको संख्या भने गणना गर्न बाँकी छ ।

पार्टीका नेता कार्यकर्ताहरू पार्टी सभापति लामिछानेले पार्टी स्थापना दिवसका अवसरमा जारी गरेको अपिल साथमा लिएर हस्ताक्षर संकलन अभियानमा खटिएका छन् । अभियानका संयोजक दीपक बोहराका अनुसार कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि, ट्याक्सीचालक, किरियापुत्री, दृष्टिविहीन, अपांग, युवादेखि वृद्धसम्म, सहकारीपीडित र आमनागरिकले अभियानमा सहभागिता जनाइरहेका छन् ।

बोहराका अनुसार ७७ वटै जिल्लाको वडा र टोलटोलमा अभियानमा चलिरहेको छ र हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । रास्वपाले हस्ताक्षर अभियान सुरुवातमा तीन महिनासम्म सञ्चालन गर्ने योजना बनाएको थियो । तर, आमनागरिकको उत्साहजनक सहभागिता देखिएपछि अभियानलाई दसैँ–तिहारसम्म लम्ब्याउने तयारी गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.