लघुकथा : मानवता

प्रकाशचन्द्र खतिवडा
१७ साउन २०८२ ७:०५
64
Shares

“एम्बुलेन्सलाई खबर गरौंन। उपचार पाए घाइते बाँच्न पनि सक्छ।” सौरभ कराइ रहेको थियो। “एम्बुलेन्स हैन, प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरी आएर नै उपचारको व्यवस्था गर्छ।” राकेश भन्दै थियो।

मानिसको बाक्लै भिड थियो। मिलन चौकमा साइकल यात्रीलाई बसले ठक्कर दिएर दुर्घटना भएको थियो। घाइतेको नाक र मुखबाट रगत बगिरहेको थियो। उ बेहोश थियो। सडक रगतले पोतिएको थियो।

“लौन ढिलो नगरौं। नम्बर को सँग छ? एम्बुलेन्सलाई फोन गरी हालौं न।” सौरभ फेरि चिच्यायो। “एम्बसलेन्स हैन जति सक्दो प्रहरीलाई चाडो खबर गरौंन।” राकेश कराइरहेको थियो। प्रहरीलाई कसले खबर गरेछ? प्रहरी गाडी लिएर घटना स्थल आइपुग्यो। मान्छेहरु कच्याक किचिक मोवाइलबाट फोटो खिचिरहेका थिए।

भिड पन्छाएर प्रहरीले घाइतेलाई गाडीमा हाली अस्पताल लैजाने व्यवस्था मिलायो। घाइतेलाई कसैले चिनेन। विचरा कहाँ जान हिँडेका थिए? धन्नले ज्यान बच्यो। ठक्कर दिने गाडी फरार थियो। अनुसन्धान कसरी गर्ने? प्रहरी अन्योलमै थियो।

जे होस प्रहरी समयमै आइपुग्यो। घाइतेको उद्धार गर्न सकियो। सौरभ र राकेश घाइतेका साथमै अस्पताल गए। प्रहरीले आफन्तको खोजी गरिरहेको छ। घाइतेको परिचय खुलेकै छैन।

मान्छेहरुमा मानवता हराएको देखेर म आश्चर्यमा परेको छु। घाइतेको उद्धार गर्न छाडेर फोटो खिची सामाजिक सजालमा प्रचारबाजी गर्नु मानवताकै बरखिलाफ भएन र?

सुन्दरहरैंचा-०६, दुलारी, मोरङ

[email protected]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.