गृहमन्त्री लेखक र राष्ट्रसंघीय आवासीय संयोजकबीच भेट
काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेकी छन्।
सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच बिहीबार भेटवार्ता भएको हो। भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरिन्।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन तथा नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने गृहमन्त्री लेखकसमक्ष प्रतिवद्धता व्यक्त गरे।
गृहमन्त्री लेखकले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पुर्याउन सक्रिय रहेको बताए। विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति उनले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि संयोजक हाम्दीसँग आग्रह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment