जनजागरण अभियान गर्दै संघीय लोकतान्त्रिक मोर्चा

डिसी नेपाल
१६ साउन २०८२ १६:०९
40
Shares

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आइतबारदेखि सुरु हुने भएको छ। साउन १८ गतेदेखि मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाण्डौबाट सुरु हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ।

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताए।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुङ्गो समेत लगाइसकेको बस्नेतले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *