काभ्रेपलाञ्चोकमा गाडी दुर्घटना, वडाध्यक्षसहित पाँच जना घाइते

डिसी नेपाल
२३ साउन २०८२ ११:४०
32
Shares

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

दुर्घटनामा चौरीदेउराली गाउँपालिका६ का वडा अध्यक्ष किशोरराज गिरीसहित पाँच जना घाइते भएका हुन्। गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घाइतेमध्ये चार जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएका हुन्।

गएराति १० बजेतिर भुम्लु गाउँपालिका८ पौवास्थित उकालोमा चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा१५च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटनामा परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *