सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

डिसी नेपाल
२३ साउन २०८२ १३:३८
52
Shares

राजविराज । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *