घुस लिएको आरोपमा कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२३ साउन २०८२ १५:१९
48
Shares

काठमाडौं । सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उजुरी निवेदनका आधारमा बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो। भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको अख्तियारको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *