गोहीको आक्रमणबाट बेपत्ता युवा फेला परेनन्

डिसी नेपाल
२३ साउन २०८२ १९:१६
112
Shares

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन वित्दा समेत फेला परेका छैनन्।

खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका थिए।

बेपत्ता भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोली हात्ती र मोटरबोटसहित बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक युवा बेपत्ता भएका थिएन।

मंगलबार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका हुन्।

मंगलबार साँझदेखि नै हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजविन गरेपनि हालसम्म उनी फेला परेका छैनन्।

बेपत्ता भएदेखि लगातार खोजविन गरेपनि बेपत्ता भएका थारूलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *