नेटको तार तान्न बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु
काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा आज करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
स्थानीय हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेशन प्रालिमा काम गर्ने सोही नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए।
नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment