‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक

डिसी नेपाल
२६ साउन २०८२ ११:१७
44
Shares

काठमाडाैं। असोज ३ गते रिलिज हुने ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ।

च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।

टिजरले फिल्म आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *