यस्तो देखियो बौद्धको ऐतिहासिक रोपाईं जात्रा (तस्विरहरू)
काठमाडौं। काठमाडौं उपत्यकामा विभिन्न जात्रा तथा पवर्हहरु मनाइँदै आएको छ। लामो समयदेखि मनाइँदै आएका यस्ता जात्रा र पर्वहरुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वसमेत रहेको छ। यसै क्रममा बौद्धमा रोपाइँ जात्रा मनाइएको छ।
रोपाइँजात्रामा हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य, व्यङ्ग्य, युवा लाखे, बाल लाखे, झाँक्री, घोडा र विद्यालयको प्रस्तुती रहेको थियो।
गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो। जानकारका अनुसार, सोह्रौँ, सत्रौँ शताब्दिदेखि नै रोपाइँजात्रा मनाउन थालिएको हो। खेतीपाती सम्पन्न गरिएको खुसीयाली मनाइने यस जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरका सदस्य सहभागी हुने प्रचलन छ।
बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीले रोपाइँ गरिँदा गरिने क्रियाकलाप जस्तैः हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन्।












तस्विरहरू : नेपाल न्यूज बैंक
No ads found for this position

डिसी नेपाल
Facebook Comment