रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

डिसी नेपाल
२६ साउन २०८२ १७:१९
84
Shares

जलेश्वर। महोत्तरीको बलवा नगरपालिका-२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०/३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए।

बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *