कृषि सामग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने-तपाईंहरुले गर्दा नेता र मन्त्रीले गाली खानुपर्‍यो

डिसी नेपाल
२८ साउन २०८२ १०:५९
72
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गाली खानु परेको बताएका छन्।

रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन्।

सोही क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताएका छन्। उनले भने,‘किसानले किन ’मल पाएनौं’ भनिरहेका छन ? यो गुनासो तत्काल सम्बोधन होस। ‘तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन। तर, गाली तपाइँहरूको संस्थाले खाएको छैन। तपाइँहरूको संस्था चुप लागेर बसेको छ। गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भने।

सोही विषयमा ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ। हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ।’ उनले आफु प्रधानमन्त्री हुने वित्तिकै मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको तर त्यो अनुसार हुन नसकेको पनि बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *