कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

डिसी नेपाल
२९ साउन २०८२ १४:२४
56
Shares

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद ध्रुव बहादुर प्रधानले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर कुलिङ पिरियडमा भएको त्रुटी सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा सोच्नुपर्ने बताए। यद्यपी उनले नैतिकताका आधारमा राजीनामा दिएर संसदको सम्मान बढेको अनुभूति भएको बताए।

‘संसदको सम्मान बढेको अनुभूति भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिनु भएको छ। निजामती सेवा विधेयकको कुलिङ पिरियडमा यति जनाको आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरा विचारणीय छ,’ उनले भने।

उनले एकजनाले मात्र राजीनामा दिएर केही नहुनेभन्दै मूल कडिलाई नियन्त्रण र सजायको दायरामा ल्याइएन भने सुशासन दिन नसकिने धारणा राखे।

‘जो व्यक्तिले नियतबस गल्ती गर्दछ, त्यो सजायको भागेदारी भएन भने यहाँ उपस्थित सबै सांसदले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ। एक जनाले राजीनामा दिएर हुने केही छैन्। त्यसैले मूल कडिलाई नियन्त्रण र सजायको दायरामा ल्याइएन भने सुशासन दिन सकिँदैन्,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *