प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो

डिसी नेपाल
२९ साउन २०८२ १८:१७
24
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा गरिएको छ।
बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुबै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शासन प्रणाली र प्रमुख राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘देश बन्छ कसरी? दुनियाँको कंगाल राष्ट्र बनिसक्यो नेपाल। प्रकृतिको सबै सम्भावना हुँदाहुँदै पनि हामीले देश डुबायौं।’

महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे। ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने।

उनले वर्तमान नेतृत्वलाई देशको पछिल्लो दुर्दशाका लागि जिम्मेवार ठहर गर्दै प्रमुख तीन दल—कांग्रेस, एमाले र माओवादी—प्रति आक्रोश पोखे। ‘राजापछि यिनै पार्टीहरूले देश चलाए। देश बनेन् भने यसको जिम्मा कसले लिन्छ ?’ भन्दै उनले प्रश्न गरे।

महतोले लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको आरोप पनि लगाए। उनले देशको लाखौं युवा रोजगारीको खोजीमा विदेशिनु परेकोप्रति चिन्ता व्यक्त गर्दै ५० लाखभन्दा बढी युवाहरू देश छाडेर भागिरहेको बताए।

उनले भने, ‘आज के भएको छ ? जन्मिँदैखेरि लाखौं रुपैयाँ ऋण हाम्रो टाउकोमा लिएर जन्मिनुपर्ने कस्तो देश बनायौं हामीले। यो देशमा हाम्रो सन्तानले बस्न चाहेको छैन। ५० औं लाख जवान युवाहरु देश छोडेर भागिरहेका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *