अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता
काठमाडौं । काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले अस्पतालमा १० देखि १५% छुट पाउने भएका छन् । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो अस्पतालमा प्राप्त गर्न सकिनेछ ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर पे्रम कुमार दाहाल तथा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारको संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ । बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।







डिसी नेपाल







Facebook Comment