सप्तरीबाट ९८ केजी गाँजा बरामद

डिसी नेपाल
३० साउन २०८२ १२:५७
20
Shares

सप्तरी । सप्तरी जिल्लाको सुरुङ्‍गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट साउन ३० गते करीव ९८ केजी गाँजा बरामद भएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको हो।

बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *