बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक

डिसी नेपाल
३० साउन २०८२ १८:५१
72
Shares

रामेछाप । वर्षातका कारण बाढी–पहिरोको जोखिम बढेको भन्दै बिपी राजमार्गमा काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेसी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार हाल देशभर मनसुन सक्रिय रहेकाले बाढी, पहिरो जस्ता विपद्को सम्भावना उच्च रहेको छ।

यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै २०८२ भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको २०८२ साउन ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनले सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

’बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई मिति २०८२ भाद्र ०१ गते देखि भाद्र १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.