कृष्णले लोकको रक्षा गरे, त्यसैले सबैले मानेका हुन्
श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ। यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन्। मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ।
कृष्ण को थिए भन्ने विभिन्न आधारहरु छन्। भगवान विष्णुले विभिन्न रुप लिएकामध्ये कृष्ण पनि एक थिए भनिएको छ। विष्णु कहिले माछाको, कहिले कछुवाको, कहिले बराहको, कहिले रामको रुप त कहिले कृष्णको रुप लिएका छन्। उनले बराह रुप लिएर जलमा डुबेको पृथ्वीको उद्धार गरेका छन्।
भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ। नरसिंह रुप लिएर हिरण्यकश्यप वध गरेको प्रसंग ग्रन्थहरुमै उल्लेख। रामको अवतार लिएर रावणलाई नाश गरेका थिए। रावणको नाश गर्न र लोकको रक्षा गर्नको लागि रामको अवतार लिएका हुन्।
कृष्ण अवतार चाहीं देवकीको गर्भबाट जन्म लिएका उनी कंशलाई नाश गर्नका सक्रिय भएका थिए। कंशले धेरै दुःख दिएको एवम लोकलाई असाध्यै दुःख दिएकाले उनलाई समाप्त गर्नको लागि र लोकको रक्षा गर्नको लागि भगवान कृष्णको उत्पत्ति वा जन्म भएको हो।
किन मनाउने जन्माष्टमी
कृष्णलाई मनाउने र त्यहि अनुसार लोकको रक्षा गर्ने भएकाले भगवान कृष्णलाई मान्नु परेको हो। उनी एक विष्णुकै अवतार हुन्। उनी आमा–बुबाबाटै जन्मेका हुन्। तर विष्णुकै अवतार भएका हुनाले कृष्णले लोकको रक्षा गरेको, र धेरैलाई उद्धार गरेका छन्।
लोकलाई उद्धार गरेका छन्। कृष्णले कंशलाई नाश गरेर धेरै राम्रो काम गरेका छन्। धेरै राम्रो काम गर्नेलाई मान्ने हो। त्यसैले कृष्णलाई मान्नुपरेको हो। कृष्णका भक्तहरु वा प्रणामीहरुले उनलाई मान्छन्। हामीपनि कृष्णलाई विष्णुकै अवतार हो भनि मान्छौँ मान्नैपर्ने हुन्छ।
बाँसुरी र मजुरको प्वाँख
कृष्णजीले सँधै बाँसुरी बजाउने गरेको पाइन्छ। बाँसुरी बजाउने, गाना गाउनेले कृष्णलाई त व्यापक मान्छन् नि। मजुरको प्वाँख उनले सँधै शिरमा सजाउँछन्। त्यहि भएर बाँसुरी र मजुरको प्वाँखको चलन आएको हो। कृष्णले बाँसुरी त रातदिन नै बजाउने गरेका हुन्। त्यसै भएकाले पनि चढाउने दान गर्ने इत्यादी गर्नु राम्रो कुरा हो। नराम्रो कुरा होइन।
पहिला र अहिले भिन्नता
कृष्ण अष्टमी मनाउने तरिकामा केही फरक आएको छैन्। हाम्रा शास्त्र तीनै हुन्,समय त्यहि नै हो। जुन दिन कृष्ण अष्टमी पर्छ त्यही दिन मनाउने हो। जस्तो जुन दिन जनै पूर्णिमा पर्छ त्यही दिन मनाउने हो। जुन दिन नाग पन्चमी पर्छ त्यही दिन नै मनाउने हो। यि सबै तिथि शास्त्र अनुसार नै परिरहेका हुन्छन्।
यी पर्वहरु पहिला पनि मनाइन्थ्यो र अहिले पनि मनाइन्छ। झन् अहिले जनसंख्याको वृद्धि भयो। मनाउनेहरुको संख्यापनि बढ्यो। मनाउने तौर तरिका एकै हो। अहिले झन् व्यापक भएको छ। शास्त्र त्यही हो शास्त्रअनुसार नै मनाउने हो। दशैं, तिहार मनाउने दिन पनि तोकिएकै हुन्छ। अक कसरी र किन मनाउने भन्ने बहस भने अलग्गै हो।
नेपाल छाडेर विदेश गएकाहरुले स्वदेश फर्किएपछि किन मनाउने भन्ने सोच राखेको होलान। विदेशको सिको गरेर नेपालका पर्वहरु नमनाउने भन्ने होला। त्यतातिरको सिको लिएर नयाँ पुस्ताले किन मनाउने भन्ने खालको सोच पलाएको हुनसक्छ।
तर भएका चाडपर्वहरु जतिपनि छन्, ती सबै परम्परा अनुसार मनाउनपर्छ। यो त हाम्रो लागि हो, हाम्रो नेपालको लागि मात्र नभई भारतको लागि हो। चाडपर्व मनाउने भन्ने अमेरिका बेलायततिर त हुँदैन। त्यसैले यो आर्यर्वत क्षेत्रमा बसोबास गर्नेले जहाँ ऋषिमुनिहरुले हाम्रा शास्त्रहरुमा उल्लेख गरेका छन्। त्यसैले एकै ठाँउमा मनाउने हो, अरु ठाँउमा मनाउने होइन।















Facebook Comment