जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु
चितवन । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन्। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए। ती मध्ये तीन जनाको मृत्यु भएको हो।
जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गरेका छन्।
अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment