रुपन्देहीमा एक करोड ७१ लाखको अवैध सामान बरामद

डिसी नेपाल
५ भदौ २०८२ २२:५३
40
Shares

देवदह (रुपन्देही)। रुपन्देही प्रहरीले राजस्व छलिको रु एक करोड ७१ लाखको अवैध सामान बरामद गरेको छ। प्रहरीले राजस्व छलिको सामानसहित जीप चालकलाई नियन्त्रणमा लिएको छ।

बिलबिजक विनाका सामान ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवारबाट राजस्व छलिको सामानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरि बनियाँले चलाएको लु२च ६३०३ नम्बरको जीपमा जाँच गर्दा विना बिलबिजकका सामान फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। बरामद गरिएका सामानमा विभिन्न कम्पनीका फ्लेबर २७ कार्टुन, लाखौँ मूल्यको ई–भेप तथा अन्य सामान रहेको छ। चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.