४.८३ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसुचक ४.८३ अंकले बढेर २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। अघिल्लो दिन २१.३० अंकले बढेको बजार २७६१.२६ बिन्दुमा बन्द भएको थियो।
आज (मंगलबार) शेयर कारोबार भने घटेको छ। सोमबार ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता शेयर कारोबार भएको बजारमा मंगलबार कुल ३२२ स्टकको ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको छ।
आज सेन्सेन्टीभ इन्डेक्स ०.५१ अंकले बढेको छ। फ्लोट इन्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ।
आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४२.७० रुपैयाँले बढेर ४७०.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य प्रतिकित्ता ४४.२९ रुपैयाँले बढेर ५५८.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नारायणि विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ५७.५० रुपैयाँले बढेर ८४७.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ७९.६७ रुपैयाँले बढेर १८३७.२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन कुमारी सबल योजनाको शेयर मूल्य ३.६६ प्रतिशतले घटेर प्रतिकित्ता ९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नाडेप लघुवित्तको शेयर मूल्य २.९९ प्रतिशतले घटेर प्रतिकित्ता ८१६.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता २.५९ प्रतिशतले घटेर ४५०.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्टक्चर, हिमालयन डिस्टिलरी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।







डिसी नेपाल







Facebook Comment